दृष्टि

दृष्टि, मिशन र विचारधारा

नेपाली मौलिकतामा आधारित सार्वभौम, समावेशी, धर्मनिरपेक्ष, संघीय समाजवादी लोकतान्त्रिक गणतन्त्र निर्माण नै हाम्रो दृष्टि हो।

मूल दर्शन

ऐतिहासिक पहिचानको सम्मान, समावेशिता र समानता, राष्ट्रिय स्वाधीनता र विकास–समृद्धिमार्फत गणतन्त्रात्मक लोकतान्त्रिक समाजवाद।

साझा पहिचान र एकता

विविधता नै राष्ट्रिय एकताको आधार हो। दीगो मेलमिलाप र साझा नेपाली पहिचान हाम्रो राजनीतिक संस्कार हो।

रणनीतिक प्राथमिकता
संविधानको पूर्ण कार्यान्वयन र मौलिक अधिकारको रक्षा
संघीयता सुदृढीकरण र प्रदेश/स्थानीय तह सशक्तीकरण
प्रत्यक्ष निर्वाचन र समावेशी प्रतिनिधित्वसहित चुनाव सुधार
पारदर्शी शासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
जात, लिङ्ग, वर्ग, क्षेत्र र धर्मको विभेद अन्त्य
उद्यममुखी सामाजिक बजार अर्थतन्त्र र श्रमको सम्मान
शिक्षा र स्वास्थ्यलाई सार्वभौम सार्वजनिक सेवा बनाउने
कृषि आधुनिकीकरण र सिँचाइ विस्तार
औद्योगिक पुनस्र्थापना र निर्यातमुखी विकास
जलविद्युत, सौर्य र पवनमार्फत ऊर्जा आत्मनिर्भरता
डिजिटल शासन र सूचना पूर्वाधार विस्तार
जलवायु तथा विपद् जोखिम न्यूनीकरण
सन्तुलित परराष्ट्र नीति र राष्ट्रिय स्वाभिमान
शान्ति क्षेत्र नेपाल र कूटनीतिक समाधान
राष्ट्रिय नारा

सबैको सम्मान – साझा पहिचान ः राष्ट्रिय स्वाधिनता – राष्ट्र निर्माण

Vision | राष्ट्र निर्माण दल नेपाल