राष्ट्र निर्माण दल नेपाल – संविधान/घोषणापत्र
सबैको सम्मान – साझा पहिचान ः राष्ट्रिय स्वाधिनता – राष्ट्र निर्माण। यस घोषणापत्रले दलको विचारधारा, राजनीतिक लक्ष्य र विस्तृत नीति प्रतिबद्धता निर्दिष्ट गर्छ।
प्रस्तावना
समान अवसर, साझा समृद्धि र सामाजिक न्यायमा आधारित उत्तरदायी शासनका लागि समर्पित आधुनिक बहुलवादी लोकतान्त्रिक दल। राष्ट्रहितलाई सर्वोच्च मान्दै वैयक्तिक स्वतन्त्रता, मौलिक अधिकार र विधिसम्मत सुशासनमा आधारित समाज निर्माण। उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सृजनामा केन्द्रित सामाजिक बजार अर्थतन्त्र।
राजनीतिक पृष्ठभूमि र राष्ट्र पुनर्निर्माणको मार्ग
२००७ देखि २०४६, सशस्त्र संघर्ष, मधेश तथा पहिचान आन्दोलनहरू हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र। २०७२ को संविधानले समाजवाद उन्मुख बाटो देखाए पनि अपेक्षा पूरा नभएकाले २०८२ को युवा आन्दोलनले नयाँ जिम्मेवार राजनीतिक शक्ति माग गर्यो।
मूल दर्शन
ऐतिहासिक पहिचानहरूको सम्मान, समावेशिता, समानता, राष्ट्रिय स्वाधीनता र विकास–समृद्धिमार्फत न्यायपूर्ण गणतन्त्रात्मक लोकतान्त्रिक समाजवाद।
राजनीतिक लक्ष्य
- राष्ट्रिय एकता, अखण्डता र स्वाधीनताको रक्षा।
- संविधानको पूर्ण कार्यान्वयन, संरक्षण र संस्थागत विकास।
- नेपाली मौलिकताको गणतन्त्रात्मक लोकतान्त्रिक समाजवाद स्थापना।
- जात, वर्ग, लिङ्ग, क्षेत्र र धर्मबीचको विभेद अन्त्य।
- स्वाभिमानी, स्वावलम्बी र सुशासित राज्य निर्माण।
- संघीयता र स्थानीय स्वशासन सुदृढीकरण।
- सरकार र दल दुवैमा पारदर्शिता र जवाफदेहिता।
- सामाजिक अपराध र भ्रष्टाचार उन्मूलन।
बहुलवाद
विविध विचार, संस्कृति, भाषा, धर्म र समुदायको सहअस्तित्व र समान सम्मान। एकता भनेको विविधताको सम्मान हो।
नेपाली समाजको वर्गीय चरित्र र विश्लेषण
आर्थिक शोषण, क्षेत्रीय/जातीय/लैङ्गिक विभेद एकअर्कासँग गाँसिएका वर्गीय सवाल हुन्। वर्गीय रूपान्तरणको अर्थ सामाजिक न्यायसहितको वितरण हो।
गणतन्त्रबारे दृष्टिकोण
जनताद्वारा चुनिएको नेतृत्व नै लोकतन्त्रको सौन्दर्य हो। गणतन्त्रको संस्थागत विकासमा दल प्रतिबद्ध छ।
पूर्ण धार्मिक स्वतन्त्रता र नेपाली धर्मनिरपेक्षता
सबै धर्मप्रति समान सम्मान, धार्मिक स्वतन्त्रता र राज्यको तटस्थता। हिन्दू सभ्यताको सांस्कृतिक योगदानको सम्मान गर्दै राज्य धर्मनिरपेक्ष रहनेछ।
संघीयता
संविधान संशोधनमार्फत शक्ति, स्रोत र अधिकारको न्यायोचित बाँडफाँड। प्रदेश र स्थानीय सरकारलाई सशक्त बनाउँदै विकेन्द्रीकरण।
निर्वाचन प्रणाली
प्रत्यक्ष निर्वाचन प्रणाली, समावेशी प्रतिनिधित्व र खर्चको कडा निगरानी।
समावेशिता
राज्यका सबै निकायमा पहिचानका क्लष्टरहरूको पूर्ण समानुपातिक पहुँच र प्रतिनिधित्व।
शासकीय स्वरूप
संसदीय प्रणाली उपयुक्त; प्रत्यक्ष कार्यकारी प्रमुख तानाशाहीको जोखिम। उच्च पदमा दुई कार्यकालको सीमा।
दीगो राष्ट्रिय मेलमिलाप
विभाजन होइन, एकता र सहअस्तित्वमा आधारित साझा नेपाली पहिचान। सामाजिक सद्भाव र मेलमिलापलाई राजनीतिक संस्कार बनाउने।
समाजका वर्ग र समुदायहरूबारे दृष्टिकोण
महिला सशक्तीकरण, खस–आर्य सम्मान र एकाधिकार अन्त्य, आदिवासी–जनजाति पहिचान संरक्षण, मधेश समावेशिता, दलित अधिकार, थारू अधिकार, मुस्लिम समानता, पिछडा वर्ग तथा अल्पसङ्ख्यकको विशेष सशक्तीकरण नीति।
नीति तथा कार्यक्रम (संक्षेप)
लोककल्याणकारी राज्य, सामाजिक सुरक्षा, भ्रष्टाचार नियन्त्रण, अपराध नियन्त्रण, डिजिटल शासन, मानवअधिकार संरक्षण, जन सुरक्षा, आत्मनिर्भर अर्थतन्त्र, वैज्ञानिक उत्पादन, औद्योगिक पुनस्र्थापना, कृषि आधुनिकीकरण, निर्यात प्रवद्र्धन, युवा रोजगारी, ऊर्जा आत्मनिर्भरता, सूचना प्रविधि, पर्यटन विकास, भूमिसुधार, विपद् व्यवस्थापन, परराष्ट्र नीति र जलवायु कार्य।
अन्तर्राष्ट्रिय सम्बन्ध
सन्तुलित, असंलग्न र राष्ट्रियहित केन्द्रित कूटनीति। विवाद समाधान संवादबाट।
शान्ति क्षेत्र नेपाल
नेपाललाई शान्ति, अहिंसा र निरस्त्रीकरणको प्रतीकका रूपमा विश्वसामु प्रस्तुत गर्ने।
संवैधानिक आयोग र संशोधन
मानवीय विकास सूचकाङ्क बराबरी नभएसम्म संवैधानिक आयोगहरू आवश्यक छन्। आवश्यक संवैधानिक संशोधनमा प्रतिबद्धता।
राष्ट्रिय नारा
सबैको सम्मान – साझा पहिचान ः राष्ट्रिय स्वाधिनता – राष्ट्र निर्माण।
अपील
राष्ट्र निर्माण दल नेपालमा आबद्ध भई समर्थन र सहयोग गर्न अनुरोध। तपाईंको सहभागिताले राष्ट्र निर्माण अभियानलाई बलियो बनाउँछ।