बारेमा

राष्ट्र निर्माण दल नेपाल

सात दशक लामो सङ्घर्ष र २०८२ को युवा आन्दोलनबाट जन्मिएको यो दल समान अवसर, साझा समृद्धि र सामाजिक न्यायमा आधारित उत्तरदायी शासनका लागि समर्पित छ।

राजनीतिक पृष्ठभूमि

२००७ को क्रान्तिदेखि २०४६, सशस्त्र सङ्घर्ष, मधेश तथा पहिचान आन्दोलनहरूसम्मको यात्राले संघीय लोकतान्त्रिक गणतन्त्र बनायो। २०८२ को युवा विद्रोहले नयाँ जिम्मेवार शक्ति माग गर्‍यो।

मूल दर्शन

ऐतिहासिक पहिचानको सम्मान, समावेशिता, समानता, राष्ट्रिय स्वाधीनता र विकास–समृद्धिमार्फत गणतन्त्रात्मक लोकतान्त्रिक समाजवाद।

राष्ट्रिय उद्देश्य

नेपाली मौलिकतामा आधारित धर्मनिरपेक्ष, संघीय समाजवादी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु।

आर्थिक दृष्टि

सार्वजनिक, निजी र सामुदायिक स्रोतको सन्तुलित परिचालनसहित उद्यमशीलता र रोजगारी प्रवद्र्धन गर्ने सामाजिक बजार अर्थतन्त्र।

उत्तरदायी शासन

पारदर्शी नियमन, विधिसम्मत सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता।

राष्ट्रिय एकता

स्वाधीनता, अखण्डता र स्वाभिमानको रक्षा गर्दै दीगो मेलमिलाप र साझा नेपाली पहिचान।

प्रतीक

प्रतीकको अर्थ

प्रतीकले जीवन, शुद्धता, समानता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने दायित्व संकेत गर्छ।

Chairman of Rastra Nirman Dal Nepal
नेतृत्व

अध्यक्ष

राष्ट्रहित, समावेशिता, सामाजिक न्याय र उत्तरदायी शासनमा केन्द्रित नेतृत्व।

Samim Miya Ansari
राष्ट्र निर्माण दल नेपाल
राष्ट्रिय स्वाधीनता

स्वतन्त्रता, अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानको रक्षा।

बहुलवाद र समावेशिता

सबै समुदाय, भाषा, धर्म र क्षेत्रको समान प्रतिनिधित्व र पहुँच।

सामाजिक न्याय

जात, लिङ्ग, वर्ग, क्षेत्र वा धर्मका आधारमा विभेद अन्त्य।

सुशासन

पारदर्शिता, जवाफदेहिता र जनमैत्री सार्वजनिक सेवा।

सामाजिक बजार अर्थतन्त्र

उद्यमशीलता, नवप्रवर्तन र श्रमको सम्मानसहितको अर्थतन्त्र।

दीगो मेलमिलाप

ऐतिहासिक घाउहरू भुलेर साझा पहिचानमा राष्ट्रिय एकता।